दफा २७
उजुरी गर्न सक्ने
(१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली वा मापदण्ड बिपरीत कसैले विज्ञापन गरेको पाइएमा त्यसको जानकारी जुनसुकै व्यक्तिले बोर्ड वा दफा २३ को उपदफा (२) बमोजिमको समिति वा स्थानीय तहमा दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम प्राप्त जानकारीको आधारमा बोर्ड, समिति वा स्थानीय तहलाई आफैं कारबाही गर्ने अधिकार भएकोमा आफैले र आफ्नो अधिकार क्षेत्र नभएकोमा अधिकार भएको बोर्ड, समिति वा स्थानीय तहमा कारबाहीको लागि पठाउनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम प्राप्त उजुरी उपर भएको कारबाहीको जानकारी उजुरीकर्ताले नाम ठेगाना उल्लेख गरी उजुरी दिएको भएमा सम्बन्धित बोर्ड, समिति वा स्थानीय तहले त्यस्तो उजुरीकर्तालाई दिनु पर्नेछ ।